नुवाकोटको थानाभञ्याङमा बस दुर्घटना : ६ को मृत्यु, २८ घाइते (अपडेट)

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंबाट नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रु बस शनिबार दिउँसो शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा दुर्घटना भएको छ । सो बस दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते  भएका छन् ।  नुवाकोटको खरानीटारका लागि बिहान ९ : ३० बजे यात्रुवाहक बस सडकबाट तीन सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रकाशित : 9 September, 2017

प्रतिक्रिया दिनुहोस्