दसैँका लागि २७ गतेदेखि बसको टिकट खुल्ला
सहयात्रा टिभी
काठमाडौं । दसैँका लागि भाद्र २७ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको सरकारी टोलीसँग भएको वार्तामा बसको छतमा यात्रुका सामान राख्न पाउने तर व्यावसायिक प्रयोजनसहित यात्रु बोक्न नपाउने गरी सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । यसअघि यातायात व्यवसायीले भाडा बढाउनुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ नगर्ने बताउदै आएका थिए । दसैँको लागि उपत्यकाबाट झण्डै ५० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।