आईतवार विश्वकर्मा पूजा : कालीगढहरुको विशेष दिन

सहयात्रा टिभी

काठमाडौँ । आश्विन संक्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजाआजा गरी धुमधामका साथ विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास रहेको हुदाँ सोहि सम्झना स्वरुप वश्वकर्माको पूजाआजा गर्ने प्रचलन रहदै आएको हो ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी पूजा गर्ने गर्दछन् ।

प्रकाशित : 17 September, 2017

प्रतिक्रिया दिनुहोस्