केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रियाल र बार्सिलोना बराबरीमा रोकिए

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ २, स्पेनिस ला लिगाको शीर्ष दुई टोली रियाल मड्रिड र बार्सिलोना आइतबार राति बराबरीमा रोकिएका छन् ।

उपाधि जितिसकेको रियाल मड्रिडले कार्डिजसँग १.१ को बराबरी खेलेको हो । दोस्रो स्थानमा रहन सफल बार्सिलोना भने गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको कार्डिको घरेलु मैदानमा रियालले शुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । पाहुना टोली रियालले मारिएनो डियाजको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो ।

३७औं मिनेटमा रुबेन सोब्रिनोले बराबरी गोल फर्काएका थिए । बराबरीपछि लिगमा एक खेल बाँकी हुँदा रियाल ८५ अंकका साथ शीर्ष स्थानमा छ । रियाल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ ।

रियाल अब च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ । रियालले च्याम्पियन्स लिगको फाइनलमा इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ । बार्सिलोनाले गेटाफेविरुद्ध गोलरहित बराबरी खेलेको हो । गेटाफे ३९ अंकका साथ १४औं स्थानमा छ ।

प्रकाशित : 16 May, 2022

प्रतिक्रिया दिनुहोस्