डा. गोविन्द केसी फेरि अनशन बस्दै

सहयात्रा टिभी

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोविन्द केसी सोमबारदेखि फेरि अनशन बस्ने भएका छन् । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने प्रयास भइरहेको भन्दै डा. केसी अनशन बस्न लागेका हुन् ।

अहिले संसद बैठकले विधेयकमा तोडमोड गरेको र नागरिकमुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको आफूलाई अवगत भएकाले फेरी अनशन वस्न लागेको डा. केसीले बताएका छन् ।

प्रकाशित : 25 September, 2017

प्रतिक्रिया दिनुहोस्