बोलेरो दुर्घटना हुदां ६ को घटनास्थलमा नै मृत्यु, ११ घाईते

सहयात्रा टिभी

काभ्रे । काभ्रेको रोशी गाउँपालिका–३ शिखर आम्बोटेस्थित निङगालेमा बोलेरो दुर्घटना हुदाँ ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । साथै ११ जना घाईते भएका छन् । मंगलवार विहान बा १४ च ९५५६ नम्वरको बोलेरो सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेहरुमा महाभारत गाउँपालिका २ का बर्ष ३५ की खेलीमाया बल, सोही स्थानका बर्ष २० की पुतलीमाया बल, बर्ष २२ की म्हेन्दोमाया जिम्बा, बर्ष २७ की मनिशा मोक्तान, बर्ष १९ की कुमारी जिम्बा रहेका छन् । अन्य घाईतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

प्रकाशित : 26 September, 2017

प्रतिक्रिया दिनुहोस्