डा. रिजालको मन छुने शव्द रहेको “उमेर ढल्दै जांदा” को भिडियो सार्वजनिक (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । दिनानुदिन नयाँ नयाँ प्रविधिको विकास संगसंगै हाम्रो रितीरिवाज, चालचलन र संस्कारमा पनि परिवर्तन हुदै गईरहेको छ । हाम्रो समाज र संस्कारमा दिनप्रतिदिन भईरहेको परिवर्तनसंगै आमावुवामा एक्लोपन सृजना भईरहेको छ । शिक्षित युवाजमातको पनि स्वदेश भन्दा विदेशमा अधिक रुचि बढ्न थालेसंगै आज नेपाललाई विश्वभरि मन्दिरै मन्दिरको देश भनेर चिनिए जस्तै नेपाल अव बृद्धबृद्धा र बालवालिकाको मात्रै देश भनेर चिनिन पनि नसक्ला भन्न सकिन्न । किनकी आजभोली नेपाली युवाहरुको जमात नेपालमा भन्दा विदेशमा बढि देखिन्छ । यसको सिधा असर तपाईहाम्रो गाँउघरदेखि शहरवजारमा रहेका बाबुआमामा पर्ने गरेको छ ।

छोराछोरी उच्च शिक्षाका लागि वा रोजगारीका लागि विदेशिने तथा छोराछोरी साथमै रहेर पनि उमेर बढ्दै जांदा धेरै आमावुवालाई एक्ल्याउने गरेको पाईन्छ । त्यसवखतको साथ भनेको श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई नै दिनुपर्ने रहेछ भन्ने यथार्थता हाम्रो समाजमा रहेको छ । हो, यस्तै भावलाई झल्काउने र तपाईहामीले भोग्दै आएका यि र यस्तै तितो यथार्थलाई गीत संगीतको माध्यममार्फत बरिष्ठ चिकित्सक तथा सर्जक डा। भोला रिजालको शब्द मार्फत झनै चरितार्थ भएको छ । डा। रिजालको शब्द रहेको गीतको भिडियो ” उमेर ढल्दै जादा झनै मायाँ बढ्दो रहेछ ” डा। रिजालको आफ्नै अफिसियल युटुब च्यानलमार्फत मंगलवार सार्वजानिक गरिएको छ ।

बरिष्ठ गीतकार डा. रिजालको शब्द रहेको उक्त गीतमा रामकृष्ण ढकालको स्वर तथा आलोक श्री को संगीत रहेको छ । शब्द र संगीतमा जति मिठास भेटिन्छ, भिडियो पनि उत्तिकै राम्रो बनेको छ । सञ्चार व्यावसायी चन्दा घिमिरेको चन्दा प्रोडक्सनद्धारा निर्मित उक्त गीतको भिडियाको निर्देशन पनि चन्दा घिमिरेले नै गरेकी छन् ।

उक्त भिडियोलाई सुरेन्द्र दाहालले सम्पादन गरेका छन् । यस्ता संयौंको संख्यामा कहिले हसाउने, कहिले रुवाउने खालका शव्दसंग खेल्दै कोरिएको डा. रिजालको यस भिडियोमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र बसुन्धरा भुसालले जीवन्त अभिनय गरेका छन् ।

बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र बसुन्धरा भुसालको अभिनयले झनै उक्त गीतलाई जिवन्तता दिएको छ ।कलाकारद्धय श्रेष्ठ र भुसालको अभिनयले उक्त गीतको शव्दलाई न्याय दिने भरपुर प्रयास गरेको देख्न सकिन्छ । डा। रिजालको शब्द रहेको उक्त गीत उमेर ढल्दै जांदा संगै पाथीभरा माताको गीतको भिडियोको पनि सोहि दिन लोकापर्ण भएको थियो ।

 

 

 

प्रकाशित : 27 September, 2017

प्रतिक्रिया दिनुहोस्