बाढि र पहिरोका कारण देशका विभिन्न स्थानमा जनजिवन कस्टकर

सहयात्रा टिभी

काठमाडौं । साउन १७, भारी बर्षासँगै आएको बाढिले धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडकहरु अवरुद्ध हुँदा जनजिवन कस्टकर र त्रसित भएका छन् । धादिङको तिङ्ग्राङ खानी र चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा पहिरो जाँदा काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड हुँदै देशका विभिन्न स्थानमा आउ/जाउ गर्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा पहिरो गएका कारण गएराति नै भरतपुर महानगरपालिका(२९ केराबारी, १७ किलो र इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पहिरो खसे देखि त्यहाका जनजिवन अस्तव्यस्त भै आवागमन पूर्णरुपमा अवरुद्ध भएको जानकारीमा आएको छ ।
पहिरो हटाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रातिदेखि रोकिएका सवारी साधनहरुको लामो लाइन छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका(१०)तिङ्ग्राङ खानीमा आज बिहान तीन बजे पहिरो खसेकाले सवारी आवागमन अवरुद्ध भएको छ । त्यहाँको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा महानगरपालिका बेगनासबाट लमजुङको भोर्लेटार जाने सडक र कास्कीकै नयाँपुल घान्द्रुक उल्लेरी सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको जानकारीमा आएको छ ।

बाढि र पहिरोकै कारण कास्कीको पोखरा(२९) घोतघोतेस्थित पृथ्वी राजमार्गमा हरको सडकमा पानी बगिरहेकाले सवारी साधन फस्ने, दुर्घटना हुने सम्भावनाका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको छ

भारी बर्षासँगै आएको बाढिले नारायणी नदीमा पानीको सतह बढेसँगै  त्यहाका जनजिवन कस्टकर र त्रसित भएका छन् । पानीको सतह सतर्कता तह नजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा बिहान जलसतह सतर्कता तह ७ दशमलव ३ मिटर नजिक पुगेको र यो बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासीको तटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, आज सप्तकोशीको चतरामा पनि पानीको बहाव बढ्ने अनुमान छ ।

मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सिन्धुली, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपरासी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, बाँके, बर्दिया, कैलाली, डोटी, दार्चुला र आसपासका साना नदीमा पनि बहाव बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ ।

 

प्रकाशित : 2 August, 2022

प्रतिक्रिया दिनुहोस्