को बन्ला मुख्यसचिव ? तिहारलगत्तै नियुक्ती गरिने

सहयात्रा टिभी

काठमाडौं । नयाँ मुख्यसचिवको नियुक्ति तिहारको विदा सकिए लगत्तै हुने भएको छ । लगभग साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हुँदैछन् । असारको अन्त्यमा मुख्यसचिव नियुक्त क्षेत्री सेवानिवृत्त हुदैछन् । यसर्थ, सरकारले तिहारलगत्तै ३ वर्षका लागि नयाँ मुख्यसचिवको नियुक्तिको गृहकार्य थालेको छ ।

यसअन्र्तगत ३ जना वरिष्ठ मुख्यसचिवको दौडमा छन् । हाल कार्यरत ५० जनाभन्दा धेरै सचिवमध्ये ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने दौडमा छन् ।

सरकारको कर्मचारीतन्त्रको सबैभन्दा माथिल्लो पद भनेकै मुख्यसचिवको हो । मुख्यसचिवको प्रमुख दावेदार मानिएका तीनैजना सचिव मुख्यसचिवको दौडधुपमा लागिरहेका छन् ।

प्रकाशित : 19 October, 2017

प्रतिक्रिया दिनुहोस्