जिप दुर्घटना हुदां एकको मृत्यु, एक घाइते

सहयात्रा टिभी

दार्चुला । दार्चुलामा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सदरमुकाम खलंगादेखि मालिकार्जुनका लागि छुटेको से १ ज ५९६ नम्बरको जिप दत्तु चुच्चैमा दुर्घटना हुँदा जीप धनि २४ वर्षीया भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, जीपका चालक गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ ।

प्रकाशित : 22 October, 2017

प्रतिक्रिया दिनुहोस्