बोलेरो दुर्घटना, आठ घाइते

सहयात्रा टिभी

बर्दिबास । धनुषाको मिथिला नगरपालिका —११ बाहुनमारामा बोलेरो सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । सिन्धुलीबाट महोत्तरीको बर्दिबासतर्फ आइरहेको बा.३ च. ७०१५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । उक्त बोलेरोमा १५ जना सवार थिए । घाइतेको बर्दिबासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा सर्लाही इश्वरपुरका—१ का ९ वर्षीय सुगम आचार्य, सिन्धुली कमलामाई नगरपालिका —९ का ४० वर्षीय नामप्यारी नेपाली, वडा नम्बर —१० का ३५ वर्षीय कुलबहादुर खड्का, बाराको कलैया नगरपालिका —२२ का ३७ वर्षीय निर्माला वाग्ले, सुनसरी बाराक्षेत्र नगरपालिका —१ का ७४ वर्षीय दुर्गा सुवेदी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

प्रकाशित : 22 October, 2017

प्रतिक्रिया दिनुहोस्