उदाउँदो सूर्यलाई अर्घ दिई यसरी विदाई गरियो यस वर्षको छठ

सहयात्रा टिभी

काठमाडौं । श्रद्धापूर्वक पूजाआजा गरि पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यस वर्षको छठ समापन भएको छ । काठमाडौ उपत्यकासहित तराई मधेसका जिल्लाहरुको नदी, तलाउ, पोखरीमा भेला भई सूर्यलाई अर्घ दिनका लागि ब्रतालुहरुको निकै उत्साहपूर्वक सहभागिता देख्न सकिन्छ ।

मूलतः तराईवासी र विशेष मैथिली समाजले मनाउने चाडको रुपमा रहेको छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ ।

प्रकाशित : 27 October, 2017

प्रतिक्रिया दिनुहोस्