पूर्वलडाकुलाई राहत दिने सरकारको तयारी प्रति शेखर कोइरालाको विरोध

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, सरकारले माओवादी पूर्वलडाकुलाई राहत रकम दिने तयारीको गरेकोमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाद्धारा विरोध जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले विरोध गरेका हुन् । उनले लेखेका छन्, ‘ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन ।’

विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसकेको र द्वन्द्वकालीन समस्या समाधान लम्बिएको उल्लेख गर्दै उनले पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘उनीहरुलाई पैसा होइन रोजगारी दिऊँ ।’

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्