रास्वपाका सांसदद्वय द्वारा शपथ ग्रहण, उपेन्द्र यादव अनुपस्थित

काठमाडौँ । बैशाख १५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको जनाएको छ ।
उहाँहरुलाई प्रतिनिधि सभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराउनुभएको हो ।
गएको वैशाख १० गते भएको प्रतिनिधि सभा सदस्यको उपचुनावमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित हुनुभएको हो । त्यस्तै, बारा–२ बाट उपेन्द्र यादव विजयी हुनुभएको थियो । आजको शपथ ग्रहणमा उहाँ अनुपस्थित हुनुभयो ।