Author: Kamal Rana

  • काठमाडौँ महानगरपालिकाभित्र भिख माग्न निषेध

    काठमाडौँ महानगरपालिकाभित्र भिख माग्न निषेध

    काठमाडौँ । असार १७, काठमाडौँ महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा भिक्षा माग्न निषेध गरिएको छ ।

    महानगरपालिकाले सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसधान र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको हो ।

    साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक वा सांस्कृतिक कार्यमा माग्न बाहेक सार्वजकि स्थलमा माग्न निषेध गरिएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

    महानगरले शुक्रबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य बन्द गर्न भनेको छ । महानगरपालिकाले सूचनाको उल्लंघन गरेका सम्बद्ध सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानुन बमोजिम कारबाही हुने समेत जनाएको छ ।

  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    काठमाडौँ । असार १५, नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ हालसम्मै उच्च दरमा पुगेको छ । जसका कारण नेपाली मूल्य अहिसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

    राष्ट्र बैंकले तोकेअनुसार अमेरिकी एक डलर खरिद गर्न १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ जुन हालसम्मकै नेपाली रुपैयाँको कमजोर अवस्था हो । उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिन पुगेको हो । झण्डै एक साता केही पैसाले घटेर स्थिर रहेको डलरको मूल्य बुधबार भने पुनः बढेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर १२५ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ १२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ २५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८७ रुपैयाँ ७७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ४१ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ५० पैसा र बिक्री दर ३३ रुपैयाँ ६६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४० पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।