Author: Kamal Rana

  • कस्तो रहला आजको मौसम ?

    कस्तो रहला आजको मौसम ?

    काठमाडौँ । असार २८, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अहिले बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

    दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

  • सरकारलाई सभामुखको रुलिङ

    सरकारलाई सभामुखको रुलिङ

    काठमाडौँ । असार २७, सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए ।

    आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवम् राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कोइराला पक्षको प्रदर्शन रोक्न कडा सुरक्षा

    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, कोइराला पक्षको प्रदर्शन रोक्न कडा सुरक्षा

    काठमाडौँ । असार २७, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । कांग्रेसले यसअघि असार २१ गते पदाधिकारी बैठकमा उपरोक्त विषयमा छलफल गरेको थियो ।

    यसैबीच, भ्रातृ संगठनहरूमा भएको मनोनयन र विधानबमोजिम काम नभएको भन्दै शेखर कोइराला पक्षधरले प्रदर्शन गर्ने भएको छ । कोइराला पक्षले गर्न लागेको प्रदर्शन रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    सानेपास्थित केन्द्रीय कार्यालय प्रवेश गर्नेस्थलमा कसैलाई पनि उभिन दिइएको छैन भने समूह बनाएर हिँड्न समेत रोकिएको छ ।

  • आईजीपी बढुवाविरुद्धको मुद्दा : आजको पेसी फेरि सर्‍यो

    आईजीपी बढुवाविरुद्धको मुद्दा : आजको पेसी फेरि सर्‍यो

    काठमाडौँ । असार २७, सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ ।

    हिजो सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानून व्यवसायी र प्रत्यासी हाजिर नभएपछि पेसी सारिएको हो ।

    कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

    विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आईजीपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरू भएको थियो ।

  • पसिनाले मेकअप बगायो, यी कुरामा दिनुहोस् ध्यान ?

    पसिनाले मेकअप बगायो, यी कुरामा दिनुहोस् ध्यान ?

    गर्मीयाममा कुनै विवाह, पार्टी वा विशेष केहि उत्सवमा जाँदा मेकअप पसिनाले बगाएर हैरान बनाउँछ । एकातिर घामबाट छालाको सौन्दर्य जोगाउनु पर्ने तनाव अर्कोतिर पसिनाले मेकअप बगाउँदा महिलाहरु बढि चिन्तित हुने गर्दछन् । यस्तोमा पसिनाबाट मेकअप बग्ने समस्याबाट कसरी राहत पाउने त ?

    मेकअप बग्नबाट बचाउन निम्न उपाय गरौँ :

    – मेकअप गर्नुअघि प्राइमर प्रयोग गरौ । यसले पसिनाकै कारण मेकअप पखालिदैन ।
    – प्राइमर लगाएपछि राम्रो बेस तयार हुन्छ, जसले मेकअपलाई वाटरप्रुफ बनाइदिन्छ ।
    – मेकअपका लागि वाटरप्रुफ प्राइमर नै लगाउनु पर्छ । प्राइमर उपलब्ध नभए सीसी क्रीम पनि प्रयोग गर्न सकिन्छ ।
    – गर्मीमा आयल कन्ट्रोल फेसवास उपयोगी हुन्छ । यसले अनुहारको अतिरित्त तेल निकाल्छ।
    – अनुहारमा आइसक्युव वा बरफ लगाउनाले मेकअप लामो समयसम्म रहन्छ ।
    – आइसक्युबलाई अनुहारमा सर्कुलेशन मोशनमा मसाज गर्ने साथै आँखाको आसपास पनि मसाज गर्ने, जसले डार्क सर्कल कम देखिन्छ । यसलाई केहि समय सुक्न दिने र मेकअप गर्ने ।
    – कुनैपनि मेकअप गर्नुअघि अनुहारमा मेकअप सेटिङ स्प्रे लगाउन सकिन्छ ।
    – स्प्रेलाई अनुहार र गर्धनमा लगाउने, जसले पसिना आउन रोक्छ । त्यसपछि मेकअप गर्ने ।
    – गर्मीमा आयल फ्रिसनस्क्रिन लगाउनु पर्छ । यसले मेकअपलाई टिकाउन मद्दत गर्छ ।
    – आयल फ्रिसनस्क्रिन प्रयोग गर्दा अनुहारमा धेरै तेल निस्कदैन । साथै हानिकारक किरणबाट छालालाई जोगाउँछ ।
    – सधै वाटरप्रुफ मेकअपको प्रयोग गर्ने, जो गर्मीमा धेरै समय टिक्न सक्छ ।

    बजारमा अहिले विभिन्न वाटरप्रुफ आइ मेकअप, वाटरप्रुफ लिप बाम, वाटरप्रुफ फाउन्डेसन प्रयोगमा आइसकेको छ ।

  • आफ्नो अडानले एसपीपी रोकिएको अध्यक्ष नेपालको दाबी

    आफ्नो अडानले एसपीपी रोकिएको अध्यक्ष नेपालको दाबी

    काठमाडौँ । असार २७, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुका कारण अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रोकिएको दाबी गरेका छन् ।

    एसपीपी आफ्नो नेतृत्वको तत्कालीन सरकार नै रोकेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरिरहँदा यो होडबाजीमा नेकपा एसका अध्यक्ष नेपाल पनि उभिनु भएको हो ।

    सोमबार बिहान प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफ्नो पार्टीको अडानकै कारण एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित पास भएको पनि बताएका छन् । उनले एसपीपीमा पनि नेकपा एसले अडान लिएको दाबी गरेका हुन् ।

    पूर्व एमालेले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न खोजेपछि तत्कालीन अवस्थामा आफ्नो पार्टीले अडान लिएको र त्यसैको कारण व्याख्यात्मक घोषणासहित संसदबाट पारित भएको नेपालले जिकिर गरे ।

    उनले व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसी परियोजना एकतर्फी रुपमा कार्यान्वयन गर्न खोजे भंग गर्न सकिने पनि दाबी गरे ।