Author: sahayatra

  • नयाँ उद्योगमन्त्रीको शपथ आजै साढे पाँच बजे

    नयाँ उद्योगमन्त्रीको शपथ आजै साढे पाँच बजे

    काठमाडौँ । भदौ २५, सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री बालेन शाहले उनलाई आजमात्रै रिक्त भएको मन्त्री पदपुर्तिका लागि सिफारिस गरेका हुन्। आजैमात्र गौरी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

    राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपन आजै साढे पाँच बजे हुँदैछ।

     

     

  • उद्योगमन्त्रीमा सांसद दीपक कुमार साह सिफारिस

    उद्योगमन्त्रीमा सांसद दीपक कुमार साह सिफारिस

    काठमाडौँ । भदौ २५, नयाँ उद्योग मन्त्रीमा सुनसरी-४ का सांसद दीपककुमार साह सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।

    गौरीकुमारी यादवले राजीनामा दिएपछि साहलाई सिफारिस गरिएको हो। साह चुनावअघि रास्वपा पार्टी प्रवेश गरेका थिए। उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफैं दल खोलेका थिए।

    साह अहिले प्रधानमन्त्री कार्यालयमै छन्। मन्त्रिपरिषद् बैठक जारी रहँदा उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक कोठामा बसिरहेका हुन्।

     

     

  • यो सरकारको नाश गर्न एउटा सल्लाहकार नै काफी छ: अमरेशकुमार सिंह

    यो सरकारको नाश गर्न एउटा सल्लाहकार नै काफी छ: अमरेशकुमार सिंह

    काठमाडौँ । भदौ २५, रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार बेनप्रति इंगित गर्दै उनका पछिल्ला गतिविधिप्रति गम्भीर आपत्ति जनाएका छन् ।

    उनले दिल्लीमा भारतीय जासुसी संस्थाको निमन्त्रणामा भ्रमण गरेको देखि सरकारी कमर्चारीहरूको हुर्मत लिएको विषय समेत उठाएका छन् ।‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्’ उनले बेनको भ्रमणबारे भने,’देवानन्दको गाइड फिल्म जस्तै यो सरकार चलिरहेको छ । एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ।’

     

    अमरेशकुमार सिंह

  • सेयर बजार नेप्सेका सबै सूचक घटे

    सेयर बजार नेप्सेका सबै सूचक घटे

    काठमाडौँ । भदौ २५, बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ ।

    अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा कायम भएको छ ।

    कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब १९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडको भयो ।

    आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै दोल्ती पावरको ८.२२, अपर लोहोरेखोलाको ७.०२, इमर्जिङ नेपालको ५.४६, शिवश्री हाइड्रोको ४.९२, सेन्ट्रल फाइनान्सको ४.४६ तथा जानकी फाइनान्सको ४.२८ प्रतिशत मूल्य बढ्यो ।

    सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशत घट्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२४, शुभम पावरको ५.१९, धौलागिरि लघुवित्तको ४.५०, बाराही हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर छन् ।

     

  • उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट दिइन् राजीनामा

    उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट दिइन् राजीनामा

    काठमाडौँ । भदौ २५, उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

    मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

    उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

    बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’

    उनी त्यतिमै मात्रै रोकिएकी थिइनन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् । ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २ वटा मात्रै भए पुग्छ’, उनले भनेकी थिइन् ।

    यतिबेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम हाहाकार छ । उपभोक्ताहरू एउटा सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन्, भने अर्कोतिर ग्यास पाइहाले पनि २ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई ३ हजार रुपैयाँसम्म तिर्न बाध्य छन् ।

    नेपाल आयल निगम र उद्योग मन्त्रालय आफैंले पालैपालो ग्यास आइरहेको तथ्यांक सार्वजनिक गर्छन् । तर, सरकारले अनलाइनमा सार्वजनिक गर्ने तथ्यांकजस्तो छैन, बजारको अवस्था ।

     

  •  सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

     सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी

    काठमाडौँ । भदौ २५, नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसिरहेको छ।

    बैठकमा भोटेकोसी बाढीसहित ४ एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन्।

    भोटेकोसी-त्रिशूली नदीमा आएको प्रलयकारी बाढी, सर्वदलिय बैठकका निर्णय र कार्यान्वयनको प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन र अन्य समसामयिक घटनाक्रमका सम्बन्धमा छलफल भइरहेको विपक्षी दलले जनाएका छन्।

    बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक वासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी छन्। राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएको छैन।