Author: sahayatra

  • बाढी प्रभावितलाई अस्थायी आवास बनाउन नुवाकोटमा ८ स्थान प्रस्ताव

    बाढी प्रभावितलाई अस्थायी आवास बनाउन नुवाकोटमा ८ स्थान प्रस्ताव

    काठमाडौँ । भदौ ३०, बाढी प्रभावित नागरिकलाई अस्थायी बासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष ८ स्थान प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए । सो क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।

    मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गरेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले सोही अनुसार रणनीति बनाउने बताएका छन् ।

    विदुर नगरपालिकाले अस्थायी बासस्थानका लागि विदुर १० अन्तर्गत वेत्रावती क्षेत्रका लागि सुहाँरा डाँडा प्रस्ताव गरेको छ । विदुर ७ अन्तर्गत तुप्चेरसोलेरअक्करेरछिपीटार क्षेत्रका लागि भित्रिनीटार र नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ ।

    विदुर १० भैसे क्षेत्रका लागि कान्नले सेरोफेरो प्रस्ताव गरिएको छ । विदुर १० को एक नम्बर पुल क्षेत्रका लागि गर्खुटार वडा कार्यालय क्षेत्रमा प्रस्ताव गरिएको छ । विदुर ९ अन्तर्गत सिलटट्याङ्की र बिजुराका लागि राहुलटारमा अस्थायी बासस्थान बनाउन प्रस्ताव गरिएको छ ।

    विदुर १ अन्तर्गत त्रिशूलीरढुंगे क्षेत्रका लागि नेपाल विद्युत् प्राधिकरणको जग्गा कोलनी प्रस्ताव गरिएको छ । विदुर ४ अन्तर्गत सिमचौर बस्तीलाई विदुर २ को धापखेत एरियामा प्रस्ताव गरिएको छ ।

    विदुर ५ देविघाटलाई चन्द्रज्योती मावि र आयुर्वेद भवनमा अस्थायी बासस्थान बनाउने गरी प्रस्ताव गरिएको छ । नगरपालिकका अनुसार यस क्षेत्रमा आँगपुटार, गेर्खुटार मिलन चौतारा, गुम्बाडाँडा, बान्द्रे, बट्टार र हसिनटारमा तत्काल कटान नियन्त्रण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

     

  • गरुड क्यासिनो बूढानीलकण्ठबाट १० लाख ८५ हजारसहित ११ जना पक्राउ

    गरुड क्यासिनो बूढानीलकण्ठबाट १० लाख ८५ हजारसहित ११ जना पक्राउ

    काठमाडौँ । भदौ ३०, बूढानीलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

    बूढानीलकण्ठ नगरपालिका-१, तौलुङस्थित ‘गरुड क्यासिनो’ बाट उनीहरूलाई पक्राउ गरिएको हो । उक्त क्यासिनो बूढानीलकण्ठस्थित होटल लेमन ट्रीमा सञ्चालित छ ।

    नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर जुवातास खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले छापा मारेको थियो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार क्यासिनोबाट जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका क्वाइन, ९ थान मोबाइल र १० लाख ८५ हजार ६०० रूपैयाँ नगद बरामद गरिएको छ ।

    प्रहरीले बरामद गरेका क्वाइनहरूमा ५० हजार रूपैयाँ लेखिएका ८ थान, १० हजारका १९ थान, १ हजारका ८८ थान र १०० रूपैयाँ लेखिएका ५ थान रहेका छन् ।

    पक्राउ परेका सबैलाई जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    नेपालको कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा निषेध गरिएको छ ।

     

  • बैठकमा डिजिटल संसद्को अवधारणा अघि बढाउँदै

    बैठकमा डिजिटल संसद्को अवधारणा अघि बढाउँदै

    काठमाडौँ । भदौ ३०, प्रतिनिधि सभाले डिजिटल संसद्को अवधारणा अघि बढाउँदै छ । यसबारे मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ ।

    सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बसेको बैठकमा डिजिटल संसद्सँग सम्बन्धित विषयमा छलफल भएको हो ।

    सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ ।

    सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय ग¥यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो ।

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारका अनुसार डिजिटल संसद्को अवधारणामै केन्द्रित भएर कार्यव्यवस्था परामर्श समतिमिा छलफल भएको छ । छलफल जारी छ ।

     

  • अदालतको फैसलाका कारण १५औँ महाधिवेशन सर्दैन : गगन थापा

    अदालतको फैसलाका कारण १५औँ महाधिवेशन सर्दैन : गगन थापा

    काठमाडौँ । भदौ २६, नेपाली कांग्रेसका सभापति गगन थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण १५औँ महाधिवेशन तोकिएको मितिभन्दा एक घण्टा पनि तलमाथि नहुने बताएका छन्।

    शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने भन्दै सम्पूर्ण नेता कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिन आह्वान गरे।

    उनले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नगरिएको र सबै पक्ष सहभागी हुने विश्वास व्यक्त गरे। अलमलमा परेका सबैलाई जोड्ने प्रयास निरन्तर जारी रहने उनको भनाइ थियो।

    पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि भने नरम र लचिलो हुन आफूले स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्दै थापाले पार्टीलाई विधि र थितिमा हिँडाउन कुनै सम्झौता नगर्ने बताए। आगामी महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान लिएर देशका गाउँगाउँ पुग्ने उनको भनाइ थियो।

    नेपालको आधुनिक अर्थतन्त्र र निजी क्षेत्रको विकासमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका ऐतिहासिक र निर्णायक रहेको उनले बताए। नेपालमा निजी क्षेत्रबाट उद्योगधन्दा र ठूला व्यवसाय सञ्चालन गर्न पाउने खुला आर्थिक नीतिको जग कोइरालाले नै बसालेको भन्दै थापाले त्यो निर्णयकै कारण आज देशमा लाखौँ उद्योगी(व्यवसायी जन्मिने बाटो खुलेको धारणा राखे।

    ‘सबै उद्योग र व्यापार सरकारले मात्रै चलाउनुपर्छ भन्ने पुरातन मान्यताले राज्यलाई आर्थिक घाटामा मात्र अल्मल्याउने र निजी क्षेत्रको विशाल व्यावसायिक सम्भावनालाई कुण्ठित बनाउने थियो,’ उनले भने

    सभापति थापाले कोइरालाकै नीतिका कारण नेपाली अर्थतन्त्रले फराकिलो रूप लिन सकेको स्पष्ट पारे। खुला बजार अर्थतन्त्र, लोकतन्त्रको सुदृढीकरण र समावेशी समृद्धिका लागि कोइरालाले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको सभापति थापाको भनाइ थियो।
    कार्यक्रममा फाउन्डेसनको नेतृत्व नेतृ सुजाता कोइरालाले नेता डा‍. सुनिल शर्मालाइ हस्तान्तरण गरेकी छन्।

     

  • अस्पतालनजिकै सडक पेटीमा बच्चा जन्माउनुपरेको घटनाप्रति तोसिमाको प्रश्न

    अस्पतालनजिकै सडक पेटीमा बच्चा जन्माउनुपरेको घटनाप्रति तोसिमाको प्रश्न

    काठमाडौँ । भदौ २६, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालनजिकै सडक पेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाप्रति प्रश्न उठाएकी छन् ।

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले संविधानले स्वास्थ्य तथा सुरक्षित मातृत्वको हक सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा पाउने स्वास्थ्य सेवाबीच ठूलो दूरी रहेको बताइन् ।

    “सभामुख महोदय, हामी गर्व गर्ने गर्थ्यो( नेपालमा संस्थागत प्रसुति निशुल्क छ । आमा सुरक्षा कार्यक्रम छ । मातृ मृत्युदर घटिरहेको छ । यहाँसम्म कि यातायात प्रोत्साहन खर्च पनि दिइन्छ ।

    तर, गजेन्द्र नारायण सिंह अस्पताल, त्यो पनि संघीय सरकारी अस्पतालको नजिकै सडक पेटीमा एउटी आमाले बच्चा जन्माउनु परेको दृष्यले हाम्रो मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीको रिपोर्ड कार्ड हामी सामु ल्याइदिएको छ । संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौं ।

    सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक लेख्यौं । तर, कागजमा लेखिएको निशुल्क सेवा र नागरिकले पाउने व्यवहारिक रुपमा पाउने वास्तविक सेवा यति ठूलो दूरी किन छ रु मेरा केही प्रश्न छन् । प्रष्ट प्रश्न छन् । प्रशव पीडामा महिला जो अस्पताल पुग्छिन् ।

    उनको तत्कालै ट्रायाज र इमरेजेन्सी क्लिनिकल असिसमेन्ट सुरु गर्नुपर्छ । त्यो सुरु भयो कि भएन रु मटनल इभ्यालुएनस सुरु गरिनुपर्छ । लेवर पेनमा प्रशव पीडामा भएकी महिलालाई तत्कालै भर्ना गरेर तपाईं कतै नजानुस् है, तपाईंको घर खुली सकेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौं, कहीँ नजानुस्, गाह्रो भयो भने तत्काल हामीलाई खबर गर्नुस् है भन्नु पर्ने थियो । त्यो भनियो कि भनिएन ?”

  • प्रधानमन्त्री बालेन शाहले गरे उद्योगी तथा व्यवसायीहरूसँग छलफल

    प्रधानमन्त्री बालेन शाहले गरे उद्योगी तथा व्यवसायीहरूसँग छलफल

    काठमाडौँ । भदौ २६, प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाल लगायत सहभागी छन् ।

    छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ ।