Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • आज जैविक विविधता दिवस

    आज जैविक विविधता दिवस

    काठमाडौँ । जेठ ८, ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ।

    संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ।

    जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ। जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ-सङ्गठनका तर्फबाट हाइकिङ, र्‍याली, गोष्ठी, अन्तक्रियायालगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ। जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रुपमा चिनिन्छ।

  • मिथिलाञ्चलमा आज बटसावित्री पर्व मनाइँदै

    मिथिलाञ्चलमा आज बटसावित्री पर्व मनाइँदै

    काठमाडौँ । जेठ ५, मिथिलाञ्चलमा आज विशेष विधिअनुसारको बरसाइत अर्थात् बटसावित्री पर्व मनाइँदैछ ।

    जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले विशेष विधिअनुसार मनाउने चलन छ ।

    दाम्पत्य जीवनको सुख समृद्धिका लागि यो पर्व मनाउने गरिएको छ । नवविवाहिता महिलाले पहिलो बरसाइत अर्थात् बिहेपछि आउने पहिलो पर्व श्रीमानको घरमा मनाउनुपर्छ ।

    यस पर्वको दिनमा बिहानै विवाहित महिलाले नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको पूजा आराधना गरेर धुमधामका साथ मनाउने गरिन्छ ।

    विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्छन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ ।

     

  • आजदेखि मौसम सुधार भई धेरै ठाउँमा घाम लाग्ने

    आजदेखि मौसम सुधार भई धेरै ठाउँमा घाम लाग्ने

    काठमाडौं । बैशख २२, मौसमविद्का अनुसार आजदेखि मौसममा सुधार आउने बताएका छन् । देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद् गोविन्द झाले जानकारी दिएका छन् ।

    गएको शनिवारयता लगातारजसो पानी परेको थियो । तर, पानी पार्ने प्रणाली केही कमजोर भएकाले आज केही दिनयताको जस्तो लगातार पानी नपर्ने मौसमविद् झाले बताउनुभयो । तर, प्रि-मनसुनको समय भएकाले दिउँसोपछि केही ठाउँमा पानी पर्ने उहाँको भनाइ छ ।

    आज दिउँसोपछि काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा पनि मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

    पहाडी क्षेत्रको मौसम अहिले धुम्म भए पनि पानी परेको छैन । मौसम बिस्तारै खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् । तराईका धेरैजसो जिल्लाको मौसम भने समान्यतया सफा नै छ ।

  • कीर्तिपुर मैदानमा क्रिकेट हेर्न दर्शकको धैर्यता

    कीर्तिपुर मैदानमा क्रिकेट हेर्न दर्शकको धैर्यता

    काठमाडौँ । बैशाख १८, टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक अवरुद्ध भयो ।

    वर्षाका कारण दुईरदुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका क्रिकेट प्रेमि दर्शकहरू भने धैर्यतापूर्वक मैदानमै बसेका छन् ।

    यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पहिलो पटक रोकिएको खेल दोस्रो पटक २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा रोकिएको छ । तर, दर्शकहरू छाता ओढेर खेल पर्खिरहेका छन् ।

    वर्षा भइरहेकोले तत्कालै खेल हुने सम्भावना न्यून भए पनि दर्शकले मैदान छोडेका छैनन् । मैदान बाहिर पनि दर्शक छाता ओढेर खेल सुरु हुने प्रतीक्षामा छन् ।

    बिहानैदेखि टीयू मैदान दर्शकले भरिएको थियो । हल्का वर्षामै खेल सुरु भएपछि दर्शकले कोही छाता ओढेर कोही भिज्दै खेल हेरिरहेका थिए

     

     

     

  • आज नेपाली सेनाले अंग्रेजलाई हराएको स्मरणमा उत्सव मनाइँदै

    आज नेपाली सेनाले अंग्रेजलाई हराएको स्मरणमा उत्सव मनाइँदै

    काठमाडौँ । बैशाख ७, नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा आज रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइँदैछ ।

    १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित जितगढीमा हुने उत्सवलाई लक्षित गरी नेपाली सेनाले गोरखादेखि शुरु गरेको पैदलयात्रा पनि आज बुटवल आइपुग्दैछ ।

    नेपाली सेनाको टोलीलाई बुटवल उपमहानगरले स्वागत गरेपछि यात्रा समापन हुने छ । नेपाली सेनाले आजै जितगढी किल्ला व्यवस्थापनको जिम्मा बुटवल उपमहानगरलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

    गोरखाबाट गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोली जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो ।

     

     

  • बिस्केट जात्रा : सिन्दुरे जात्रामा रंगियो थिमीका चोक, चौबाटो

    बिस्केट जात्रा : सिन्दुरे जात्रामा रंगियो थिमीका चोक, चौबाटो

    काठमाडौं । बैशाख २, बिस्केट जात्राको अवसरमा सिन्दुरे जात्रामा मध्यपुर थिमीका चोक, चौबाटो, घर र टोल सिन्दुरले रंगिएको छ ।

    भक्तपुरको मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न बिस्केट जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा पनि एक हो । शनिबार यो जात्रा हर्षोल्लासका साथ मनाइएको छ ।

    मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

    जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।