Category: फिचर

राष्ट्रको लागि उल्लेखनिय र उदाहरणीय काम गरी प्रेरणाको श्रोत बनेका व्यक्ति, व्यक्तित्व लगायतलाई हामी यहां स्थान दिन्छौ । (भिडियो सहित)

  • मार्चमा झन्डै १ लाख पर्यटक नेपाल भित्रिए

    मार्चमा झन्डै १ लाख पर्यटक नेपाल भित्रिए

    काठमाडौँ । चैत १९, कोभिडको माहामारी पछि मार्च महिनामा मात्रै झन्डै एक लाख जना विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

     

    मार्च महिनामा ९९ हजार चार सय २६ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएका र भारतसँगको नाकाबाट आएका तेस्रो देशका विदेशीहरूको सङ्ख्या हो ।

    सबैभन्दा धेरै पर्यटक भित्रिने १० देशमध्ये भारतबाट १५ हजार नौ सय ११, अमेरिकाबाट नौ हजार पाँच सय ५७, बेलायतबाट छ हजार एक सय ३३, जर्मनीबाट चार हजार एक सय ४९, श्रीलङ्काबाट तीन हजार आठ सय ९८, थाइल्यान्डबाट तीन हजार आठ सय २९, अस्ट्रेलियाबाट तीन जार छ सय ३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार छ सय ३५ र दक्षिण कोरियाबाट दुई हजार छ सय ३९ जना रहेका छन् ।

    पोहोर अर्थात् सन् २०२२ को मार्चमा जम्मा ४२ हजार जना पर्यटक नेपाल आएकामा अहिले दोब्बरभन्दा धेरैले बढेर झन्डै एक लाख जना पुगेको हो । यस्तै कोरोना महामारीको बेला सन् २०२१ मा १५ हजार दुई सय जना पर्यटक आएका थिए ।

    कोरोना सुरु हुनुअघि सन् २०१९ को मार्चमा नेपालमा एक लाख २७ हजार जना पर्यटक आएका थिए । कोरोना सुरु हुनुअघिको तुलनामा नेपालमा पर्यटक आगमन ७८ प्रतिशतले सुधार भएको पर्यटन बोर्डले जनाएको छ ।

     

  • आज चैती छठ मनाइँदै

    आज चैती छठ मनाइँदै

    जनकपुरधाम । चैत १३, जनकपुरधामसहित मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिन्छ । भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुने छ ।

    कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।

    जनकपुरधामको गंगासागर, अर्गजासरमा यो पर्व धुमधामको साथ मनाउने गरिन्छ । जुन अब्लोकनको लागि श्रद्धालु भक्तजनको खचाखच भीड लाग्ने गर्दछ ।

    चार दिनसम्म अत्यन्त नियम निष्ठाका साथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय-खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

    आज सूर्य अस्ताउनु एक घण्टा पहिलेदेखि नै व्रतालुहरु जलाशयमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै दिनानाथलाई अर्घ्य दिने गर्दछन् । अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवललगायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।

    व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुने चलन छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

    केही वर्ष पूर्वसम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर बर्सेनि यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

  • सी जिनपिङ पुनः तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा चयन

    सी जिनपिङ पुनः तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा चयन

    काठमाडौँ । फागुन २६, सी जिनपिङ तेस्रो कार्यकालका लागि पुनः चीनको राष्ट्रपति बनेका छन् । उनी हालै १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भए ।

    ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।

    उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

  • बचतको ब्याजदर घटाउने तर मुद्दती निक्षेपको ब्याजदर भने नघट्ने

    बचतको ब्याजदर घटाउने तर मुद्दती निक्षेपको ब्याजदर भने नघट्ने

    काठमाडौँ । फागुन २५, बैंकहरुले चैतमा बचतको ब्याजदर घटाउने तर मुद्दती निक्षेपको ब्याजदर भने नघटाउने भएका छन् ।

    बिहीबार बिहान बसेको बैंकर्स संघको पूर्ण बैठकले मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर भने ०.४ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

    बचतमा ६.४ प्रतिशत देखि ८.४ प्रतिशत रहेको ब्याजदर चैतमा ६ प्रतिशत देखि ८ प्रतिशत कायम रहनेछ । राष्ट्र बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर र बचतको न्युनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । राष्ट्रबैंकको निर्देशन भित्र रहेर मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतलाई कायम राखेर बचतको ब्याजदर ६ प्रतिशतदेखि ८ प्रतिशत कायम राख्ने निर्णय बैंकर्स संघले गरेको हो ।

    यस्तै मुद्दती निक्षेपको ब्याजदर यथावत राख्दै बचतको ब्याजदर ०.४ प्रतिशत विन्दुले घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

    कुल निक्षेपमा बचतको हिस्सा करिब २७ प्रतिशत रहेको छ । बचतको ब्याजदर ०.४ प्रतिशतले घटाउँदा निक्षेपको लागत सँगै बेस रेट घटेर कर्जाको ब्याजदर पनि घटाउन सहयोग गर्ने बैंकहरु बताउँछन् ।

     

  • हनुमानढोका दरबारमा चीर ठड्याएर अबिर दलेर होली पर्व सुरु

    हनुमानढोका दरबारमा चीर ठड्याएर अबिर दलेर होली पर्व सुरु

    काठमाडौं । फागुन १५, काठमाण्डौको वसन्तपुरमा रहेको हनुमानढोका दरबारमा तीन तले चीर ठड्याएर अबिर दलेर होली पर्व सुरु भएको जनाएको छ ।

    वसन्तपुरमा रहेको हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज तीनतले चीर ठड्याएसँगै देशभर यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

    आज बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

    आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

    यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

     

     

     

  • सरकारले गर्ने आकस्मिक बिदाका दिनमा अबदेखि बैंक खुल्ने

    सरकारले गर्ने आकस्मिक बिदाका दिनमा अबदेखि बैंक खुल्ने

    काठमाडौं । फागुन १२, सरकारले दिने आकस्मिक बिदाका दिन अबदेखि बैंक तथा वित्तीय संस्था खुल्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबारदेखि यस्तो निर्देशन दिएको हो ।


    अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने प्रावधान छ ।

    यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ ।