Category: भिडियो

  • साम्राज्ञी र अलिसाको ‘माया पिरेम’ म्युजिक भिडियो सार्वजनिक

    साम्राज्ञी र अलिसाको ‘माया पिरेम’ म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । असोज २०, ट्रि इन्टरटेन्मेन्टले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई म्युजिक भिडिओमा प्रस्तुत गरेको छ।

    म्युजिक भिडिओमा खासै नदेखिएकी साम्राज्ञीले अभिनय गरेको ‘माया पिरेम’ बोलको म्युजिक भिडियो बुधबार सार्वजनिक भएको छ।

    भक्तपुरमा छायांकन गरिएको भिडिओको निर्देशन माइकल चन्दले गरेका हुन्। डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ।

    https://youtu.be/ifHLg_1KLTI

  • पुष्प र तनुजाको ‘आयो दसै’ गीत सार्वजनिक

    पुष्प र तनुजाको ‘आयो दसै’ गीत सार्वजनिक

    काठमाडौं । असोज १८, गायक नरेश रेग्मी र गायिका देवी घर्तीको स्वरमा दसैं विशेष गीत ‘आयो दशैं’ सार्वजनिक भएको छ।

    गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ। यो गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमिका बाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ। यो गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल तनुजा वलीको अभिनय छ।

    हेरौं गीतको भिडियोः

     

  • विष्णु माझीको दशैं–तिहार गीत सार्वजनिक

    विष्णु माझीको दशैं–तिहार गीत सार्वजनिक

    काठमाडौं । असोज ७, सांगीतिक बजारमा विष्णु माझी एक रहस्यले भरिएकी लोकगायिका हुन् ।

    उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । विष्णु माझीका एकपछि अर्को माधुर्य गीतहरू सार्वजनिक भैरहेका छन् ।

    उनको गीतमा यतिधेरै माधुर्यता र मोहनी लगाउने क्षमता हुँदैन थियो भने सायद गुप्तवास बसे पनि उनको यतिधेरै सोधीखोजी हुँदैनथ्यो होला ।

    तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ ।

    हेरौं गीतको भिडियोः

  • पारू र मनोजको स्वरमा ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक

    पारू र मनोजको स्वरमा ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं । असोज ०५, पारू राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

    त्रिकोणात्मक प्रेम कथामा आधारित यस गीतमा पारूको शब्द रहेको छ भने गायक मनोजको संगीत र संगीत संयोजन गरेका हुन्। बेलायतका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारू राई फिचर्ड छन्। विशेष भूमिकामा दीलिप राईलाई पनि देख्न सकिन्छ।

    हेरौं गीतको भिडियोः

  • चलचित्र प्रेमनाथ युट्युबमार्फत् सार्वजनिक

    चलचित्र प्रेमनाथ युट्युबमार्फत् सार्वजनिक

    काठमाडौं । असोज ०३, चलचित्र ‘प्रेमनाथ’ युट्युबमार्फत् सार्वजनिक गरीएको छ ।

    फिल्म हलमा प्रदर्शन हुनु भन्दा अगाडि नै बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत् ‘प्रेमनाथ’ सार्वजनिक गरिएको हो ।

    निर्माता तथा निर्देशक गणेश बेल्बासले फिल्म हलमा प्रदर्शन अनिश्चित भएकाले युट्युबमार्फत सार्वजनिक गरेको बताए । ‘
    चलचित्र ‘प्रेमनाथ’ पहिलो चरणको कोरोना संक्रमणको महामारी अगाडि निर्माण भएको थियो ।

    चलचित्र ‘प्रेमनाथ’ नेपाल तथा भारतमा छायांकन गरिएको थियो । लुम्बिनी क्षेत्रमा छायांकन गरिएको एउटा दृष्य हटाउन सेन्सर बोर्डले निर्देशन दिएपछि यो फिल्म रिलिज गर्ने तयारी पछि सारिएको थियो ।

     

     

     

  • गायक प्रमोद खरेलको स्वरमा ‘सुनैको दरबार’ सार्वजनिक

    गायक प्रमोद खरेलको स्वरमा ‘सुनैको दरबार’ सार्वजनिक

    काठमाडौं । असोज ०१, गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘सुनैको दरबार’को भिडियो सार्वजनिक भएको छ ।

    गीतमा क्षितिज सापकोटाको शब्द र पुष्कर सुनुवारको संगीत छ । भिडियोमा अभिनेता विपिन कार्की र लुनिभा तुलाधर फिचर्ड छन् भने निसल पौडेलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

    हेरौं गीतको भिडियोः