Category: भिडियो

  • आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

    काठमाडौँ । साउन ९, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मठमा राखिएको दलको बिरुवा आज मठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।

    एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।

    वैज्ञानिक रुपमा पनि बढी अक्सीजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

    चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

  • CSCEC को कार्य प्रगति : सहयात्रा मा आज सोमवार ५:३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुदै(भिडियो सहित)

    CSCEC को कार्य प्रगति : सहयात्रा मा आज सोमवार ५:३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुदै(भिडियो सहित)

    नवलपुर । पुस ११, कोरोना महामारी, निर्माण सामग्रीको अभावलगायत विभिन्न कारणले गति लिन नसकेको बुटवल–नारायणगढ सडक निर्माणको कामले तीव्रता पाएको छ । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सबै प्राविधिक तथा जनशक्तिलाई काम अगाडि बढाउन निर्देशन दिएसँगै कामले तीव्रता पाएको हो । सुरुमा ४२ महिना सम्झौता अवधि रहेको सडकमा रुख कटान गर्न निर्धारित परिमाणभन्दा बढी रुख काट्नुपर्ने र त्यसको अनुमति लिन समय लाग्दा सुरुको दुई वर्ष केही कार्य गर्न नसकेको निर्माण कम्पनीको गुनासो छ । यो सडक विस्तारका लागि २०७५ माघमा सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउन २२ गतेभित्र सम्पन्न गर्नु पर्नेमा गत साउन २३ गते थप एक वर्ष आयोजनाको म्याद थपिएको थियो ।

    यसैबीच, बुटवल–नारायणगढ सडक खण्ड निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले स्थानीयबासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ । गत मंसिर २८ र २९ गते तथा पुस १ र ३ गते गरी चार दिन स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

    यस संग सम्वन्धित विस्तृतमा समेटिएको जानकारीमुलक रिपोर्ट चन्दा प्रोडक्सनद्धारा निर्मित कार्यक्रम सहयात्रा मार्फत आज सोमवार सांझ ५ः३० वजे र मंगलवार विहान १०ः३० वजे नेपाल टेलिभिजनवाट प्रसारण हुनेछ । (भिडियो सहित)

     

     

  • आज पहिलो साउने सोमवार, तपाईंको राशिफल

    आज पहिलो साउने सोमवार, तपाईंको राशिफल

    आज – ०२ साउन २०७९ सोमवारको राशिफल

    मेष

    (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

    बृष

    (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    मिथुन

    (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भक्ति र सेवा भाव बढेर जानेछ ।

    कर्कट

    (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सहकर्मीबाट विरोध आउन सक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

    सिंह

    (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । मन्दिरको दर्शन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यमा सजगता अपनाउनु पर्नेछ ।

    कन्या

    (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विपरीत वर्षप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
    तुला

    (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

    बृश्चिक

    (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुबिधा उत्पन्न हुनेछ । सरकारी निकायको भय रहनेछ, तर आर्थिक लाभ र सहयोग मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
    धनु

    (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक यात्रा रहनेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्यमा सरिक भइने र शुभ समाचारले मन पनि प्रसन्न रहनेछ ।

    कुम्भ
    (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

    मीन

    (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विद्यार्थीको पढाईमा मन नजान सक्छ । प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ, तर शिक्षामा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । –

  • विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

    विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

    काठमाडौँ । असार १०, नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ ।

    गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय नियमित उडान भर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी लागिपरेका छन् ।

    यसै क्रममा भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरीजको जहाज सञ्चालनमा ल्याउने योजना बनाएको छ । विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको हो । उक्त जहाज एयरबस कम्पनीले उत्पादन गरेको पछिल्लो संस्करणको जहाजमध्ये एक रहेको बताइएको छ ।

    विज एयरको मिडिल इस्टमा एसिया हब अबुधाबीमा रहेको र आफूहरु एयर बस ३२१ नियो सिरिजको जहाजमार्फत उडान सेवा दिने तयारीमा रहेको वायुसेवाको नेपालका लागि आधिकारिक जीएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले बताए । उनले भने, “हाम्रो देशको आधारभूत विकल्प भनेको पर्यटन हो, धार्मिक पर्यटन प्रवद्र्धनलाई लक्षित गरी सेवा विस्तारमा लाग्ने हाम्रो सोच छ ।”

  • डा. युवराज संग्रौला संग गरिएको कुराकानी जस्ताको त्यस्तै : अन्तर्वार्ता

    डा. युवराज संग्रौला संग गरिएको कुराकानी जस्ताको त्यस्तै : अन्तर्वार्ता

    काठमाडौं। चैत २३, डा. युवराज संग्रौला संग गरिएको कुराकानी जस्ताको त्यस्तै –

     

     

     

     

     

  • डा. उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ बजारमा सार्वजनिक

    डा. उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ बजारमा सार्वजनिक

    काठमाडौं । असोज २४, विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको भजन गीत ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ ।

    भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतको अभिनय छ । भिडियो सनम तामाङले छायाँकन गरेका हुन् ।

    गीत सङ्गीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका उपाध्यायका २४ एल्बम गरेर सायौ गीत बजारमा आएका छन् ।

    हेरौँ गीतको भिडियोः