काठमाडौं । भदौ ३१, सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ।
गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने गीतमा अशोक कुमार राईको संगीत रहेको छ। बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको हो।
त्यस्तै गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको कलात्मक अभिनय देख्न सकिन्छ।
काठमाडौं । भदौ २७, गायिका समिक्षा अधिकारी र जीवन पन्तको स्वरमा ‘डिग्रीसम्म पढौला’ गीत सार्वजनिक भएको छ।
स्कूले उमेरका किशोरकिशोरी बीचको प्रेम अनि भविष्यका लागि बुनिएको सपनाहरु यो गीतको शब्दमा छ। गीतमा उदाउँदी गायिका समिक्षा अधिकारी र पल शाहले अभिनय गरेका छन्।
काठमाडौं । भदौ २७, अभिनेता सरोज खनालको परिकल्पना र राज केसीको निर्देशनमा तयार म्युजिकल ड्रामा ‘जीवनको पाना’ रिलिज गरिएको छ ।
मदनकृष्ण श्रेष्ठको आवाज रहेको यस गीतको रचना बमबहादुर श्रेष्ठले गरेका हुन् भने संगीत सन्तोष श्रेष्ठले दिएका छन् ।
मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी लगायतको अभिनय रहेको यस म्युजिकल ड्रामा (म्युजिक भिडियो)मा रमण घिमिरेको कविता र सरोज अभिनित विभिन्न फिल्मका दृश्यांश समावेश छन् ।
काठमाडौँ । भदौ २१, मनसुन फेरि सक्रिय भएसँगै देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिदेखिको निरन्तरको वर्षाले काठमाडौँ उपत्यकाका खोला, नदीमा बाढी आएको छ । राम्रो ढल व्यवस्थापन नभएका काठमाडौँका कतिपय ठाउँ डुबानमा परेका छन् भने सडकमा ढल पस्दा जलमग्न भएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले पहिरो तथा गेग्रान बहावको जोखिम हुने, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
काठमाडौं । भदौ २०, मौलिक गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ सार्वजनिक भएको छ ।
लामो समयदेखि उत्कृष्ट गीत संगीतमार्फत श्रोता तथा दर्शक रिझाउन सफल गायक गायिका रामकुमार नेपाली, आशा केसी, अमृता भारती र सपना सुनामको स्वर गीतमा रहेको छ ।
‘बाँचुञ्जेल भेटघाट हुँदा हाँस्ने खेल्ने गर, यो संसारमा अजम्बरी को मान्छे नै छ’ जीवनको यर्थाथ बोध गराउने र बाँचुन्जेल हाँसखेल गरेर बिताउनु पर्ने आसय ब्यक्त गर्ने गीतले एक अर्कोसँग मिल्नुपर्ने सन्देश समेत दिएको छ ।
काठमाडौं । भदौ १५, श्री जयकाली जडीबुटी उद्योग प्रा. लि. ले कोरोना केन्द्रित ओखती तेल बजारमा ल्याएको छ ।
उद्योगका प्रबन्ध निर्देशक श्री शोभाकान्त बत्स्याल ज्यूले युट्यूब च्यानलमा आफ्नै उद्योगबाट विभिन्न जडीबुटी प्रयोग गरी उत्पादन गरीएको ओखती तेलको बारेमा बताउनुभयो ।
लकडाउनको बिचमा कोरोनालाई मध्यनजर गर्दै उक्त तेल बजारमा उपलब्ध गराईएको हो । ओखती तेलले रुघा लागेको, पिनास भएको, टाउँको दुख्ने, शरीरका विभिन्न हाडजोर्नी दुख्ने समस्या, दाँत दुखेको, कम्मर दुख्ने, ढाँड दुख्ने, हात–खुट्टा मड्किएको आदि समस्या तुरुन्तै निको पार्दछ ।
त्यस्तै पिनास भएमा वा रुघा लागेमा तातो पानिमा १ थोपा ओखती तेल मिसाई बाफ लिई प्रयोग गरेमा तुरुन्तै सन्चो हुँने प्रबन्ध निदेर्शक बत्स्यालको भनाई रहेको छ ।
ओखती तेललाई आफ्ने साथमा पनि लिएर हिँड्न मिल्ने गरी विषेश किसिमले प्याकेजिङ गरेको छ । यदि कसैलाई तनाब छ भने पनि उक्त तेलले निधारमा हल्का मालिस गर्दा आन्नद आउँदछ ।
ल्वाँङ, तेजपत्ता, तितेपाते, कपुर, सिटोनेला, आदि विभिन्न किसिमको जडीबुटी प्रयोग गरेर बनाईएको सो तेल प्राथमिक उपचारका लागी निकै फाईदाजनक छ । यो तेल २ वर्ष भन्दा माथिदेखि वृद्धसम्मका सबैले प्रयोग गर्न मिल्ने तर आँखा, काटेको घाँउमा र भित्री अंङ्गमा भने प्रयोग गर्न नमिल्ने उद्योगका प्रबन्ध निदेर्शक श्री शोभाकान्त बत्स्याल बताउँछन् ।