Category: भिडियो

  • बन्दनाको नयाँ गीत ‘परदेशी–२’ बजारमा

    बन्दनाको नयाँ गीत ‘परदेशी–२’ बजारमा

    काठमाडौं । भदौ १४, वरिष्ठ गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् ।

    सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ । गीतको भिडियो समेत बनेको छ । जसमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरले अभिनय रहेको छ ।

    हेरौं गीतको भिडियोः

  • ज्योति मगरको गीत ‘माइतीको माया बरिलै’ सार्बजनिक (भिडियो सहित)

    ज्योति मगरको गीत ‘माइतीको माया बरिलै’ सार्बजनिक (भिडियो सहित)

    काठमाडौं । भदौ १४, चर्चित गायिका ज्योति मगरले पनि तीज गीत ल्याएकी छिन् । तर, उनीमाथि नेपाली लोकगीतमा छाडापन ल्याएको आरोप लाग्ने गरेको छ ।

    ज्योति प्रायः दोहोरो अर्थ लाग्ने शब्द भएका गीतहरु गाइरहेकी हुन्छिन् । ज्योतिले गत शनिबार तीज गीत सार्वजनिक गरेकी छिन् । तर, गीत रिलिज भएको तीन दिनसम्म पनि उक्त गीतको चर्चा भने खासै भएको छैन् । तीन दिनमा गीतलाई ४८ हजारले हेरेका छन् ।

    ज्योतीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा पनि उनकै अभिनय देख्न पाइन्छ । गीत ज्योती मगर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    हेरौं गितको भिडियोः

  • र्यापर भिटेनले मासु बोकेर प्रियंकालाई भेट्न गएपछि (भिडियो सहित)

    र्यापर भिटेनले मासु बोकेर प्रियंकालाई भेट्न गएपछि (भिडियो सहित)

    काठमाडौं । भदौ १०, चर्चित नायिका प्रियंका कार्कीलाई दिदी मान्दै आएका र्यापर भिटेनले सुँगुरको मासु बोकेर प्रियंकालाई भेट्न गए । बाँकी रमाईलो गफ भिडियोमा हेरौं हैँ:

     

  • लोकदोहोरी गायिका विष्णु माझीको गीत ‘चरी जेलैमा’ ४० लाख भ्यूज

    लोकदोहोरी गायिका विष्णु माझीको गीत ‘चरी जेलैमा’ ४० लाख भ्यूज

    काठमाडौं । भदौ ९, लोकदोहोरी गायिका विष्णु माझी सार्वजनिक रुपमा नदेखिए पनि दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् ।

    उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि चर्चामा रहेकी छिन् ।

    ‘चरी जेलैमा’सार्वजनिक भएको एक साता नपुग्दै गीतले झण्डै ४० लाख भ्यूज पाएको छ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको ध्यान खिचेको छ ।

    हेरौं गितको भिडियो:

  • अञ्जु पन्त र बिन्ती कुमार गुरुङको ‘चोखो माया’ सार्वजनिक

    अञ्जु पन्त र बिन्ती कुमार गुरुङको ‘चोखो माया’ सार्वजनिक

    काठमाडौं । भदौ ६, रोमान्टिक शैलीको ‘चोखो माया’ गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल सिंहको अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ ।

    चर्चित गायिका अञ्जु पन्त र गायक बिन्ती गुरुङको स्वरले सुसज्जित ुचोखो मायाु बोलको गीत गायक बिन्ती कुमार गुरुङको जन्मदिनको अवसर पारी सार्वजनिक गरिएको हो ।

    स्वयम गायक गुरुङकै शब्द, संगीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ(एमएमपी)ले रेकर्डिङ गरेका हुन् ।

     

     

  • सुवास थापाको ‘आउँ साथी नाचौँ गाउँ’गीत सार्वजनिक

    सुवास थापाको ‘आउँ साथी नाचौँ गाउँ’गीत सार्वजनिक

    काठमाडौं । भदौ २, पछिल्लो समय अमेरिकामा रहँदै आएका फिल्म अभिनेता सुवास थापाले त्यहाँबाट आफूलाई निर्देशन, अभिनय दुवै विधामा क्रियाशील बनाइरहेका छन् । केही अगाडि आफ्नो निर्देशन अभिनय गरेको ‘कुल्ची हिँड्छन् फूललाई’ गीत सार्वजनिक गरेका फिल्म अभिनेता सुवास थापाले अहिले फेरि तीज गीतको भिडियो बनाएका छन् ।

    सीमा शाहको स्वर तथा भामा देवकोटा शर्माको शब्द रहेको गीतमा करणराज कार्कीले सङ्गीत दिएका छन् । रामेश्वर कार्कीको छायाङ्कन रहेको भिडियो अराज केशव गिरीले सम्पादन गरेका हुन् ।

    हेरौं गीतको भिडियोः