Category: राजनीति

  • सुडानमा दुई सैनिक समूहबीच भएको लडाइँमा १८५ को मृत्यु

    सुडानमा दुई सैनिक समूहबीच भएको लडाइँमा १८५ को मृत्यु

    काठमाडौं । बैशाख ५, कुनै बेला मिलेर सत्ता हत्याएका दुई सैनिक जनरल समूहबीच उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा गत शनिबारदेखि  लडाइँ भइरहेको छ ।

    त्यस आक्रमणमा कम्तीमा १८५ मानिसको मृत्यु भएको छ भने झन्डै १८ सय जना घाइते भएका अहिले सम्मको तथ्यांकले जनाएको छ ।

    सन् २०१९ सम्म एकदमै मिलेका थिए। ठूला ठूला प्रदर्शन हुन थालेपछि त्यही वर्ष उनीहरूले राष्ट्रपति ओमार अल बसिरलाई हटाउनलाई उनीहरूले भूमिका खेलेका थिए।

    तीन दशक सुडानको बागडोर सम्हालेका बसिरले डार्फर क्षेत्रमा विद्रोहीलाई दबाउन आरएसएफ गठन गरेका थिए। सुरूमा आरएसएफका प्रमुख डागालो बसिरप्रति पूर्ण बफादार थिए। पछि उनले बसिरको साथ छोडेका थिए।

    बसिरको बहिर्गमनसँगै सुडानमा सैनिक र नागरिक सम्मिलित सरकार बनेको थियो। सन् २०२१ उक्त सरकारलाई अपदस्त गर्दै सेना प्रमुख बुरहानले सत्ता हत्याएका थिए।

    सुडानका सैनिक शासक अब्देल फताह अल -बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का कमाण्डर मोहम्मद हामडान डागालोले एक-अर्काका क्याम्पहरूमाथि आक्रमण गरिरहेका छन्।

    अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति भवन, सैनिक मुख्यालयजस्ता महत्वपूर्ण ठाउँ आफ्नो नियन्त्रणमा राख्न अहिले दुबै पक्षले संघर्ष गरिरहेका छन्। राजधानी बाहिरका सहरहरूमा पनि उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गरेका छन्।

    सोमबार राजधानी खार्तुमका अस्पतालहरूमा पनि आक्रमण भएका छन्। सुडानका लागि युरोपियन युनियनका राजदूतलाई उनकै निवासमा छिरेर दुर्व्यवहार गरिएको छ।

    दुई सैनिक समूहले एक-अर्कालाई आक्रमण गर्न थालेपछि खार्तुमको जनजीवन प्रभावित भएको छ। अस्पतालमा अक्सिजनलगायत अत्यावश्यक कुराको आपूर्ति हुन सकेको छैन।

    नागरिकको जीवन अस्तव्यस्त र देशको भविष्य अनिश्चित पार्ने गरी लडाइँ गरिरहेका दुई सैनिक जनरल कुनै बेलाका सहयोगी हुन्। बुरहान र डागालो

    बुरहानले आरएसएफ एक विद्रोही समूह भएको र आफूलाई गिरफ्तार गरेर मार्न चाहिरहेको बताएका छन्।

    सुडानमा सेनाको संख्या २ लाख २० हजार जति छ भने आरएसएफको संख्या ७० हजारको हाराहारीमा छ। यो लडाइँ कहिले सकिन्छ भन्ने स्पष्ट छैन। संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, अमेरिकालगायतले दुबै पक्षलाई संयमता अपनाउन र युद्धविराम गर्न आग्रह गरेका छन्।

  • कोशी प्रदेश सरकार बनेको सय दिन पूरा

    कोशी प्रदेश सरकार बनेको सय दिन पूरा

    विराटनगर । बैशाख ५, कोशी प्रदेश सरकार बनेको आज सय दिन पूरा भएको छ। सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पत्रकार सम्मेलन गर्दै सय दिनका उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।

    मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार सरकारले सय दिनमा आफूले गरेका मुख्य उपलब्धिलाई समेटेर सार्वजनिक गर्ने तयारी रहेको छ ।

    चाहेजति गर्न नसके पनि यस अवधिमा सरकारले गति लिनेगरी केही महत्त्वपूर्ण काम भएको मुख्यमन्त्री कार्कीको दाबी छ । मुख्यमन्त्री कार्कीले सरकारको मुख्य उपलब्धि नै प्रदेश नामकरण भएको बताएका छन् ।

  • मेयर शाहविरुद्ध परेको रिटको सुनवाइ आज

    मेयर शाहविरुद्ध परेको रिटको सुनवाइ आज

    काठमाडौं । बैशाख ५, काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुने भएकाे छ ।

    मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।

    अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र विसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।

  • प्रतिनिधिसभा बैठक बस्दै, सूचना आयोगको प्रतिवेदन पेश गरिने

    प्रतिनिधिसभा बैठक बस्दै, सूचना आयोगको प्रतिवेदन पेश गरिने

    काठमाडौं । बैशाख ५, संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

    संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

  • गाडी चालकको दुर्घटनालाई राजनीतिकरण नगरी दिन रविद्धारा आग्रह

    गाडी चालकको दुर्घटनालाई राजनीतिकरण नगरी दिन रविद्धारा आग्रह

    कठमाडौं । बैशाख ४, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना गाडी चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

    सोमबार दिउँसो फेसबुकमार्फत उनले चोट लागेका बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक नछर्न आग्रह गरेका छन् ।

    रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापा आइतबार राति छतबाट खसेर गम्भीर घाइते भएका छन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    रविले विहानैदेखि आफूले निरन्तर रुपमा चालकको स्वास्थ्य अवस्थाको विषयमा परामर्श गरिरहेको र अहिले अवस्थामा सुधार भएको बताएका छन् ।

     

  • विषयगत समितिमा रहने रास्वपाका सांसदहरुको नाम टुंगीयो

    विषयगत समितिमा रहने रास्वपाका सांसदहरुको नाम टुंगीयो

    कठमाडौं । बैशाख ४, राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय विषयगत समितिमा रहने आफ्ना सांसदहरुको नाम टुंगो लगाएको जनाएको छ । प्रतिनिधिसभामा रास्वपाका १९ सांसद छन् ।

    रास्वपाले संघीय संसद सचिवालयमा बुझाएको सूची अनुसार अर्थ समितिमा विराजभक्त श्रेष्ठ र हरि ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शिशिर खनाल, उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुली र कानुन, न्याय तथा मानव अधिकार समितिमा सोविता गौतम र सन्तोष परियार रहनेछन् ।

    त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी र विनिता कठायत, महिला तथा सामाजिक समितिमा लक्ष्मी तिवारी, राज्य व्यवस्था तथा सुशासन समितिमा डोलप्रसाद अर्याल र डा. चन्दा कार्की, पूर्वाधार विकास समितिमा शिव नेपाली र निशा डाँगी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. तोसिमा कार्की र सुमना श्रेष्ठ र सार्वजनिक लेखा समितिमा असिम शाह र मनिष झा रहने रास्वपाले जनाएको छ ।