पुरुषलाई कण्डमको विकल्पमा सुई आयो

सहयात्रा टिभी

असुरक्षित यौन सम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भ निरोधक औषधि सेवन र सुई महिलाहरुले मात्र प्रयोग गर्दै आएका थिए । महिलाका लागि अस्थायी गर्भ निरोधका अनेक विधि छन् ।

सुईदेखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि । तर अब पुरुषहरुको लागि पनि गर्भ निरोधकका लागि कण्डम बाहेक अहिलेसम्म केही थिएन तर अब पुरुषहरुलाई कण्डमको विकल्पका रुपमा नयाँ गर्भ निरोधक सुई निमार्ण भएको छ । वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तीन महिने संगिनी सुई जस्तै पुरुषको लागि एक वर्षको अस्थायी गर्भ निरोधक सुई आविष्कार गरेका छन् । यो सुई एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्कसँग सहवास गर्न सकिनेछ र त्यस्तो सुई लगाएको पुरुषसँग एक वर्षभित्रमा सहवास गर्ने महिलामा गर्भ नरहने बैज्ञानिकको दाबी रहेको छ ।

अमेरिकाको पारसेमन फाउण्डेशनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भ निरोधक सुई निर्माण गरेका हुन । वैज्ञानिकहरुले सुरुमा खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुई लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको थियो । अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् ।

खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भ निरोधक सुईको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । वैज्ञानिकहरुले उक्त पुरुष गर्भ निरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण शुरु गर्ने उनीहरुको भनाइ छ । एजेन्सी

प्रकाशित : 17 December, 2017

प्रतिक्रिया दिनुहोस्