के तपाई जाडोमा घाम ताप्नुहुन्छ ? फाईदा–बेफाईदा यस्तो छ:
डा रुपक घिमिरे
काठमाडौ । जाडो मौसममा घाम सबैलाई प्यारो लाग्छ । कतिपयलाई दिनभरि घाम तापेर बस्न पाए भन्ने पनि चाह हुन्छ । फुर्सदको दिनमा जाडोको बेला सकेसम्म घाममा बसेर धेरै समय कटाउन चाहने पनि कमै हुन्छन् । तर, जाडोमा घाम ताप्न बस्नुभन्दा पहिला यसको फाइदा र बेफाइदा बारे जानकारी लिनु अति आवश्यक छ । बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ।
मानव शरीरलाई घाम कति चाहिन्छ भन्ने थाहा पाउनुभन्दा अघि हाम्रो छालाको प्रकार कस्तो हो भनेर पत्ता लगाउनुपर्छ।
मानिसको छाला ६ प्रकारको हुन्छ। छिटो कालो हुने खालका गोरा मानिसहरुको छाला एउटा प्रकारमा पर्छ। नेपालीहरुको छाला भने ४–५ प्रकारको हुन्छ। काला अर्फिकनहरुको छाला एक प्रकारको हुन्छ।
घामबाट हुने असरहरु
घामको प्रकाशका कारण छाला रातो हुने, छाला पोल्ने, चिलाउने, बिबिरा आउने हुन सक्छ। लामो समय घाममा बस्नेहरुलाई छालाको क्यान्सर समेत हुन सक्छ।
घामले भिटामिन दिनेगर्छ, तर भिटामिन ‘डी’ पाउनकै लागी दिनभरि लुगा फुकालेर घाममा बस्नु पर्दैन । बिहानको घाममा ५–१० मिनेट देखाउँदा पनि हाम्रो शरीरमा चाहिने जति भिटामिन डि पाउन सकिन्छ।
सानो बच्चालाई २–३ घन्टा घाममा राखेर तेल लगाउने गर्दा घामको ‘युभी रेज’ले बच्चाको छाला डढाउँछ।
१० देखि २ बजेसम्मको घामको ‘रेज’लाई स्वास्थ्यका लागि राम्रो मानिँदैन।
घामले शरीरमा पुग्ने फाइदा
– सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ , भिटामिन डीको कमीले शरीरमा ‘मेटाबोलिक’ हड्डीको रोग लाग्छ।
– बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
– चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
– सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
– घामले रगत जम्नबाट बचाउँछ। इत्यादि ।
घामका बेफाइदा
– छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
– अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
– जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
– छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
– लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ। इत्यादि ।
जसले गदाई जाडो भयो भन्दैमा लामो समय घाममा बस्नु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिदैन। छालालाई सुरक्षित राख्न ‘मोस्चराइजिङ क्रिम’को प्रयोग गर्न सकिन्छ। छालालाई घामबाट जोगाउ‘ सन ब्लक क्रिम’ लगाउनुपर्छ। शरीर खुला राखेर घाममा छाला रपारेर लामो समय घाममा बस्नु हुँदैन।