वाम एकतालाई कसैले रोक्न सक्दैन : योगेश भट्टराई
सहयात्रा टिभी
तेह्रथुम। माघ -१६,प्रेस चौतारी तेह्रथुमले आज गरेको पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् । उनले दुई दलबीच हुँदै आएका सहमतिले समेत पार्टी एकतालाई बल पुर्यााउने बताउँदै यही महिनाभित्रै सहमतिबाटै मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन हुने दाबी समेत गरे ।
भट्टराईले अव आउने बामपन्थी सरकारले लोकप्रिय कामहरु गर्ने जसले गर्दा अर्को निर्वाचनमा सहजै बहुमत प्राप्त गर्ने पनि बताए ।