भारतीय बिदेशमन्त्रीको नेपाल भ्रमण अस्वभाविक : शेखर कोइराला
सहयात्रा टिभी
काठमाडौं । माघ- १८, नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले गृह निवास बिराटनगरमा बिहीबार नेपाल प्रेस युनियन मोरङ गरेको पत्रकार सम्मेलनमा बोल्दै भारतीय बिदेशमन्त्री सुष्मा स्वराज एक्कासी नेपाल आउनु कुटनीतिक प्रक्रिया अनुसार असुहाउँदो र रहस्मय भएको बताउनु भएको छ ।
उहाँले सरकार नै नबनी नेपाल आउनु अस्वभाविक भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्पती शुद्दिकरण सम्वन्धी वक्तब्यलाई अपरिपक्व अभिब्यक्ति भएको बताउँदै भावी प्रधामन्त्रीका रुपमा चर्चा पाएको व्यक्तिले त्यसो भन्नु अशोभनीय रहेको जिकिर गर्नु भयो । उहाँले सरकारका अन्तिम चरणका निर्णयहरु गलत रहेको दाबी गर्दै काँङ्ग्रेस सभापति देउवा प्रति पनि आक्रोश ब्यक्त गर्नु भयो ।