बाम गठबन्धनमा देखिएको अन्योलता

सहयात्रा टिभी

काठमाडौं । माघ -२५, बाम गठबन्धन छिटै हुन्छ भनेर माओबादी केन्द्र र एमालेले महिनौ अगाडी देखि भनि रहेता पनि हाल सम्म एकता भइसकेको छैन । दुबै तर्फका शीर्ष नेतृत्वले समिति नै बनाएर पटक पटक छलफल गर्ने र छलफल सकारात्मक भएको बताउने घटना सामान्य जस्तै भई सकेको छ ।
समग्रमा नेतृत्व चयनमा अल्झिएको एकता अन्योलतामा गइरहेको छ । एकातर्फ माओबादी नेताहरु भद्र सहमति अनुसार अध्यक्ष र प्रधानमन्त्री बाँडेर लिनुपर्छ भनिरहेका छन् भने एमाले नेताहरु त्यसका लागी अन्कनाइ रहेका छन् । प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद माओवादी केन्द्रलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी ओली पछि हटेको भन्दै यही अवस्थामा एकता हुन नसक्ने माओवादीका नेताहरुले बताएका छन् ।

एमालेले पछिल्लो पटक दुई अध्यक्षात्मक प्रणालीको प्रस्ताव अघि सारेको छ तर माओवादी केन्द्रले भने अस्वीकार गर्दै आएको छ जसले बाम गठबन्धनको भावी गन्तब्यलाई अन्योलतामा डोहोर्याइ रहेको छ ।

प्रकाशित : 7 February, 2018

प्रतिक्रिया दिनुहोस्