प्रदेश नम्बर २ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता दीपेन्द्र झा सिफारिस
सहयात्रा टिभी
जनकपुर । फागुन -६, प्रदेश २ को मुख्य न्यायाधीवक्तामा सर्वोच्च अदालतमा करिब एक दशकदेखि वकालत गर्दै आएका अधिवक्ता दीपेन्द्र झा सिफारिस भएका छन् । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले झालाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेको हो। प्रदेश नं. २का मुख्यमन्त्रीले झालाई आजै नियुक्ति गरेर शपथ ग्रहण गराउने कार्यक्रम रहेको भएता पनि शपथ कार्यक्रम अझै अनिश्चत छ । थाइल्याण्ड र बेलायतबाट कानुनमा स्नातकोत्तर गरेका झा मानव अधिकार र संवैधानिक कानुनका विज्ञ हुन् ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्तालाई नियुक्त गर्दछन्। महान्यायाधिवक्ताको मातहतमा रहने मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकार रहनेछन्।