मन्त्रिपरिषद विस्तार, चार मन्त्रीले लिए शपथ

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन १४, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को विस्तार गर्दै सात सदस्यीय सरकार बनाएका छन् । आज माओवादी केन्द्रका दुई र एमालेका दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिए पछि मन्त्री परिषद् सात सदस्यीय बन्न पुगेको हो ।


आज सपथ लिने मन्त्रीहरुमा एमालेबाट अर्थमन्त्रीको रुपमा पूर्व गभर्नर तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा र रक्षामन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल रहेका छन् । त्यसैगरी गृहमन्त्रीका रुपमा माओवादीका तर्फबाट सरकारको नेतृत्व गर्दै रामबहादुर थापा तथा आपूर्ति मन्त्रीका रुपमा मातृका यादवले पनि सपथ ग्रहण गरेका छन् ।

प्रकाशित : 26 February, 2018

प्रतिक्रिया दिनुहोस्