=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


संसदीय दलको नेता स्वयम बन्ने देउवाको दाबी

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन १६,बहसमा रहेको नेपाली काँग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो उमेद्वारी रहने बताएका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाको निजी निवास टोखामा आयोजनामा भएको दिवा भोजमा वोल्दै देउवाले संसदीय दलमा पनि आफ्नै नेतृत्व रहने बताएका हुन् ।


काँग्रेसले फागुन २१ गते संसदीय दलको नेता चयन गर्दै छ जसमा प्रकाशमान सिंह तथा शेरबहादुर देउवा आकांक्षी रहेका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि सर्वसम्मत भएको खण्डमा आफू पनि दलको नेतामा छानिन तयार रहेको बताएका छन् ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि १८ गते निर्वाचन तालिका अनुसार प्रकाशन हुने छ भने २० गते उम्मेदवारी दर्ता र २१ गते निर्वाचन हुने छ।

प्रकाशित : 28 February, 2018

प्रतिक्रिया दिनुहोस्