‘अब कोही नेपाली भोकै मर्नुपर्दैन’ : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन १८, प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि भोकै मर्नु नपर्ने बताएका छन् । शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै ओलीले नेपाल छिटै विकशित मुलुक बन्ने र यहाँ कोही भोकै मर्नु नपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको ओलीको यो अश्वासन पहिलो भने होइन ।

सोही कार्यक्रममा ओलीले नेपाललाई अविकसितबाट विकशित मुलुकको रुपमा उभ्याउने पनि वताएका छन् । यसका साथै उनले सरकारको हरेक कदम देश विकास र समृद्धिका लागि हुने पनि दाबी गरेका छन् ।

प्रकाशित : 2 March, 2018

प्रतिक्रिया दिनुहोस्