=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


नयाँ शक्तिका प्रवक्ता देवकोटा माओवादी प्रवेश, बाबुराम भट्टराईलाई पनि लाज नमानी पुनः माओवादीमै फर्किन प्रचण्डको आग्रह

सहयात्रा टिभी

काठमाण्डौँ । फागुन- २२, नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटा मंगलवार माओवादीमा प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रमा प्रवेश गरे सँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई पनि पुनः माओवादीमै आउन आग्रह गरेका छन् ।
देवकोटा माओबादी केन्द्रमा जानाले नयाँ शक्तिलाई ठूलै झट्का लागेको छ । देवकोटालाई स्वागत गर्दै प्रचण्डले डा बाबुराम भट्टराईलाई बिना हिचकिचाहट पूनः माओवादीमा आउन र पुनर्मिलनका लागी आग्रह गरेका हुन् । प्रचण्डले सबै जना भट्टराईको साथी भएकाले नलजाइकन फर्कन आग्रह गरेका छन् ।

प्रकाशित : 6 March, 2018

प्रतिक्रिया दिनुहोस्