अर्थमन्त्रीसहित राष्ट्रिय सभामा मनोनित ३ जनालाई सपथ गराउने बाटो खुल्यो, सपथ रोक्न दिईएको अन्तरिम आदेश खारेज

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रियसभामा सरकारबाट मनोनित ३ सांसदलाई सपथ लिन कानुनी बाटो खुला गरिदिएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खोलेको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा। युवराज खतिवडाका साथै रामनारायण बिडारी र विमला पौड्यालले राष्ट्रियसभाको सांसद पदमा सपथ लिन पाएका थिएनन् । उनीहरुलाई तत्काल सपथ नगराउनु भनी फागुन १३ मा जारी भएको अन्तरिम आदेशलाई बुधबार न्यायाधीश केदारप्रसाद चालिसे र सारदाप्रशाद घिमिरेको इजलासले निरन्तरता दिइरहनुनपर्ने आदेश जारी गरेका हुन् । यो सगै राष्ट्रियसभा सदस्य एवं अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिरडारी र डा. विमला पौडेललाई सपथ ग्रहणको बाटो खुलेको हो ।

सर्वोच्चले दिएको अन्तरिम आदेशका कारण राष्ट्रियसमामा मनोनित ३ जना सांसदले यस अघि सपथ लिन पाएका थिएनन् ।

प्रकाशित : 7 March, 2018

प्रतिक्रिया दिनुहोस्