केन्द्रीय सदस्य सहित विप्लवका ८ जना कार्यकर्ता पक्राऊ
सहयात्रा टिभी
काठमाण्डौँ । चैत्र -६, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्दा आतङ्क मच्चएको तथा स्थानीय जनप्रतिनिधिहरुलाई स्थानीय तह खाँली गर्न भन्दै पत्र पठाएको आरोपमा उनीहरुलाई प्रहरीले धनकुटाको हिले भ्यू होटलबाट पक्राऊ गरेको हो ।
हालको राज्य व्यवस्था खराव भएको भन्दै उनीहरुले पाख्रीवास नगरपालिका र शहीदभूमी गाउँपालिकामा स्थानिय तह खाली गर्न भनि पत्र पठाएका थिए ।
पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्य कोशी व्यूरो इन्चार्ज किरण राई सहित ८ जना रहेका छन् ।