विप्लवका प्रवक्ताको घरमा पनि पक्राउ पुर्जी

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र -१६, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आक्रमण गरेको आरोपमा अदालतले विप्लव माओवादीका प्रवक्ताका घरमा पक्राउ पुर्जी टाँसेको छ।

अदालतले यस अघि नै पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न प्रहरीले देशभरि सर्कुलर जारी गरेको थियो। अदालतले नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई भोजपुर अदालतमा हाजिर हुन ७० दिनको म्याद तोक्दै कालिकोट नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उनको घरमा पक्राउ पुर्जी टाँस गरेको हो।

नेकपाले पनि बाहलवाल प्रधानमन्त्री केपी शर्मा ओली र दुईपटक प्रधानमन्त्री बनिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जनअदालतमा हाजिर हुन १५ दिने उर्दी जारी गरिसकेको छ ।

प्रकाशित : 30 March, 2018

प्रतिक्रिया दिनुहोस्