मुख्यमन्त्री भट्ट र भारतीय राजदूत बीच भेटवार्ता

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र-१६, प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीले शिष्टाचार भेट गरेका छन् । दिउँसो भएको भेटघाटमा गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयमा छलफल भएको थियो । भेटमा मुख्यमन्त्री भट्टले सीमा नाकालाई व्यवस्थित र सहज बनाउन आग्रह गरेका थिए।


यद्यपी यो भेट योजनाबद्द  भने थिएन । राजदुत मञ्जिबसिंह पुरी व्यक्तिगत कामका लागि महेन्द्रनगर गएको समयमा अनुकुलता मिलाई परराष्ट्र मन्त्रालयबाट पनि जानकारी गराई भेटघाट भएको थियो ।

प्रकाशित : 30 March, 2018

प्रतिक्रिया दिनुहोस्