=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


प्रधानमन्त्री ओली २३ गते भारत जाने औपचारिक घोषणा

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र -१६, प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते भारत भ्रमणमा जाने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली पहिलो विदेश भ्रमणको रुपमा भारत जान लागेका हुन्।

भ्रमणको क्रममा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।
भ्रमणको क्रममा ओली उत्तराखण्डको गोविन्द बल्लभ कृषि विश्वविद्यालयको कार्यक्रममा समेत सहभागी हुने बताइएको छ ।

ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणका लागि तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् ।

प्रकाशित : 30 March, 2018

प्रतिक्रिया दिनुहोस्