धार्मिक र जातीय आवरणमा अस्थिरता ल्याउन खोज्नेलाई कार्वाहीको दायरामा ल्याइने : गृह मन्त्री बादल

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २७, गृहमन्त्री रामबहादुर थापाले धार्मिक र जातिय रुपलेअस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएको बताउदै उनीहरुलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भएको छ ।

बिराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटना बारे निस्पक्ष छानविन हुनुपर्ने, औषधीउपचार खर्च सरकारले व्यहोर्नुपर्ने, हिन्दुधर्ममाथिको आक्रमण रोकिनुपर्ने लगायतका मागहरु लिएर विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले ज्ञापन पत्र गृहमन्त्री बादललाई बुझाएका थिए । प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनाको छानविन गर्ने बताउदैँ घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ गरिसकेको र अन्यको खोजविन भइरहेको बताएका थिए । बादलले पछिल्लो समय नेपालमा धार्मिक र जातीय आवरणमा अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय भएको भन्दै उनीहरुलाई कार्वाहीको दायरामा ल्याउने पनि बताएका छन् ।

प्रकाशित : 10 April, 2018

प्रतिक्रिया दिनुहोस्