उर्जा क्षेत्रमा साझेदारी गर्न उर्जा मन्त्री पुनको बङ्गलादेशलाई आग्रह
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–४, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालको लागि बङ्गलादेशी राजदूत मस्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबार स्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा समझदारी गर्ने विषयमा छलफल भएको हो ।
पुनका प्रेस सल्लाहकार रोसन खड्काका अनुसार मन्त्री पुनले ‘सार्क फ्रेमवर्क’भित्र रहेर काम गर्न नेपाल इच्छुक रहेको समेत बताएका थिए। उनले भेटमा उर्जा क्षेत्रमा लगानी गर्ने उपयुक्त वातावरण रहेको भन्दै नेपालमा लगानी गर्न साम्सलाई आग्रह गरेका हुन । राम्रो परियोजना दिन सके बङ्गलादेशी सरकार मात्र होइन प्राइभेट क्षेत्र पनि नेपालसँग उर्जा क्षेत्रमा सहकार्य गर्न तयार रहेको राजदुत साम्सले बताइन ।