प्रचण्डनिवासको निष्कर्षः एकीकरणको मिति तोक्न सकिन्न
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–९, एमाले र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रूपमा अगाडि बढेको भएता पनि एकताको मिति तोक्न नसकिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा पार्टी एकताको पछिलो आवस्थाबारे बताएका छन ।
पार्टी एकताबारे सहमति र समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । दुई पार्टी मिलेर पार्टी एकता भई नयां पार्टी बन्ने बिषयमा नहतारिनु भन्दै उनले यहि मितिमा पार्टी एकता हुन्छ भनि तोक्न नसकिने जानकारी दिईन । भुसालले एकताबारे थोरै समय लागेता पनि एकता अनिवार्य हुने कुरा बताइन ।