फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–१२, प्रधानमन्त्री केपी शर्मा ओलीले जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन । उनले गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा फासिवाद होइन जनवाद ल्याउन सरकार क्रियाशिल रहेको बताए । 

विपक्षदलले निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् । उनले जनतालाई बलियो बनाउन र देशलाई समृद्ध बनाउने सरकारको उद्देश्य रहेको बताए ।

सबै जनताले खान बस्न लगाउन पाउने र राम्रो शिक्षा लिन पाउने लगाएत वातावरण बनाउन सरकार सक्रिया रहेको बताएका छन । भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुने र फासीवाद होइन, यहाँ जनवाद आउँदैछ समृद्धिवाद आउँदैछ, सुखीवाद तथा हरेक कुरामा परिर्वन आउने उनले बताए ।

प्रकाशित : 25 April, 2018

प्रतिक्रिया दिनुहोस्