काँग्रेसले पनि गठन गर्यो छाया सरकार
सहयात्रा टिभी
रुकुम । नेपाली काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ । नेकपा माओवादीले जनयुद्धकाली समयमा गठन गरेको सरकारको नक्कल गर्दै काँग्रेसले पनि छाया सरकार गठन गरेको हो । कांग्रेसले आज जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको काँग्रेस रुकुमले जनाएको छ ।
जनप्रतिनिधिको नाममा भइरहेका विकृतिलाई रोक्न छायाँ सरकार गठन गरिएको काँग्रेस रुकुमले जनाएको छ ।