आइतबार प्रदेश ५ को संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने
सहयात्रा टिभी
लुम्बिनी । बैशाख–१४, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश नं. ५ मा सम्बोधन गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न शनिबार लुम्बिनी आउने प्रधानमन्त्रीले आइतबार बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा पहिलो पटक सम्बोधन गर्ने भएका हुन ।
बौद्ध सम्मेलन र बुद्धजयन्ती अवधीभर तीन दिन सम्म प्रधानमन्त्री ओली लुम्बिनी बस्ने कायक्रम रहेको छ । त्यसैगरी बुद्ध जयन्तीको मुल समारोहको उद्घाटनको लागी राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छन् । प्रदेश नं. ५ को उक्त बैठक प्रधानमन्त्री सम्बोधनको लागी मात्र भएको सचिवालयले जनाएको छ ।
१५ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्ने प्रधानमन्त्री ओलीले १६ गते संसदमा सम्बोधन गरेपछि लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई पनि सम्बोधन गर्नेछन्।