केपी ओली प्रचण्ड माधव नेपाल एमाले


घरायसी तथा आर्थिक समस्याका कारण पढाई छोड्नु पर्ने बाध्यता

सहयात्रा टिभी

बझाङ् । बैशाख–१४, बझाङ् जिल्लामा विभिन्न घरायसी तथा आर्थिक समस्य कारण बालबालिकाहरुले बीचमै स्कुल छोडने क्रम बढेको छ । स्कुल छोडने बालबालिकाहरुमा बढीजस्तो दलित समुदायका रहेको एक सामुदायिक अध्यन केन्द्रको तथ्यांकले देखाएको छ ।

कतिपय विधार्थीहरु पढन चाहदा चाहदै पनि खर्च जुटाउन नसक्ने र आफ्नो अभिभाक नहुदा बीचमै स्कुल छोडनु पर्ने अवस्था आएको हो । सानै उमेरमा विधालय जाने गरेका भए पनि अहिले आर्थिक अभाव, कापी कलम किन्न सक्ने अवस्था नभएका कारण आफुहरुले विधालयमा भर्ना नै नगरेको बालबलीकाहरुले बताएका छन ।

बझाङको थलारा गाउँपालिका–५ की ११ वर्षीया सुर्मा बादीलाई र उनका भाई १० वर्षीय विजय बादीको स्कुल पढ्ने चाहना भएता पनि आफ्नो अभिभाक नभएका कारण स्कुल छोडनु पर्ने बाध्यता रहेको छ ।

उनीहरुका आमाबुबाको २ बर्ष अघि निधन भएको थियो । सुर्माकी आमा विमला बादीले २ बर्ष अघि घरायसी समस्या खेप्न नसकी सेती नदीमा हामफालेर आत्महत्या गरेकी थिइन् ।

यस्तै उनका बुबा खम्म बादी पैसा कमाउने र छोराछोरीलाई शिक्षा दिने आशमा भारत गएका उनको उतै मृत्यु भएको बताएका छन। उनीहरु अभिभावक कोही पनि नभएपछि सुर्मा र उनका भाई विजय बादी आफन्त नाता पर्ने बज्यै पुनीदेवी बादीको घरमा बस्दै आएका छन् ।

ब्यापारीहरुका भारी बोकेर गुजारा चलाउँदै भाइको समेत पेट भर्दै आएकी उनी अभिभावक नहुँदा पढ्न नपाएको गुनासो गर्छिन् । यस्तो समस्यहरु सबै भन्दा बडि बादी समुदायमा भएको र बालबालिकाहरुले स्कुल छोडेको जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जगदीश रोकायाले बताए ।

प्रकाशित : 27 April, 2018

प्रतिक्रिया दिनुहोस्