वैशाख भित्रै एकताको निष्कर्ष निकाल्ने
काठमाडौँ । वैशाख–१६, बालुटारमा माओवादी केन्द्रका अध्क्षय प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच पार्टी एकता बैशाख भित्रै निष्कर्षमा हुने गरि छलफल गरेका छन ।
पार्टी स्थापना दिवस ९ वैशाखमा एकता घोषणासभा गर्ने योजना पछि दुबै नेताले बैशाख २० गते भित्रमा मिति टुंगो लगाउने गरि छलफल गरेका हुन । शुक्रबार र शनिबार दुई नेताले करिब पाँच घन्टा छलफल गरेका थिए ।
एकीकृत पार्टीमा दुवै पार्टीको सबै विषयको लगभग टुंगो लागिसकेको र बैशाख २० गतेमा एकता घोषणासभा मितिको निर्णय हुन सक्ने प्रचण्ड निकट स्रोतले जनाएको छ ।
तर, माओवादी केन्द्रका नेता अग्नि सापकोटाले अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी नै रहेको बताएका छन । उच्च स्रोतका अनुसार मिल्न बाँकी विषयमा करिब–करिब टुंगो लागेर प्राविधिक पक्षको गृहकार्य जारी रहेकाले २० वैशाख भित्रै पार्टी एकता संयोजन समिति बैठक दुबै नेताबीच समझदारी भएको छ ।
दुबै नेताको वार्ता सकारात्मक दिशा मै गइरहेजस्तो देखिन्छ, तर उहाँहरूले नै केही नबताएपछि कुनै जानकारी हुने कुरा नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन ।
उनले छलफलमा निरन्तर चलिरहेकाले कहिलेसम्म एकता भइसक्छ भन्न सकिने अवस्था छैन भनेका छन । त्यसै गरि प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले शनिबारको छलफल संघीय सरकारको कामकारबाही र प्रदेश सरकारका विषयमा केन्द्रित भएको जानकारी दिएका छन ।