‘मर्न लागेको मान्छेले असत्य बोल्दैन : म केही बोल्न चाहन्छु’

सहयात्रा टिभी

(प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचारार्थ भर्ती हुनुहुन्छ। अस्पतालको ‘होप’ अर्थात ‘आशा’ नामक खण्डमा रहे पनि आक्रामक रोगले गाँजेकाले छोटिँदो जीवन नेपाल आमाकै काखमा बिताउने अठोट छ उहाँको।

चिकित्सा पेशामा लागे पनि मुलुकको राजनीति,  संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उहाँका चिन्ता र मान्यतामा स्वास्थ्य अवस्थाले कुनै प्रतिकूल असर पारेको छैन। आफूलाई स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतलाई ‘नेपालभन्दा सुन्दर मुलुक दुनियाँमा अर्को छैन’ भन्न बिर्सनुहुन्न।

अस्पतालमा एउटा भेटमा डा. देवकोटाले भन्नुभयो, ‘मर्न लागेको मान्छेले असत्य बोल्दैन। म केही बोल्न चाहन्छु।’

डा. देवकोटाका विविध अनुभव र मान्यताको श्रृंखला देशसञ्चारमार्फत प्रस्तुत गर्ने अनुमति पाउँदा हामी उहाँप्रति अनुगृहित छौँ।

रोग र त्यसको असरबारे निश्चय पनि एउटा चिकित्सकसँग धेरै ज्ञान हुन्छ। तर,  यो अन्तिम अभिव्यक्तिको श्रृंखला नबनोस् डा. देवकोटाको, हामी उहाँको स्वास्थ्यलाभका लागि प्रार्थना र शुभेच्छा पनि व्यक्

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्