सरकारले नेपाली कामदारसँग मलेसिया जादा लिइने अतिरिक्त शुल्क खारेज गर्ने

सहयात्रा टिभी

काठमाण्डोैँ । जेठ–३, वैदेशिक रोजगारको लागि सरकारले मलेसिया जाने कामदारको एकतर्फी रुपमा लगाउदै आएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ । मलेसियमा नयां सरकार बनेकाले नेपालको पहललाई सकरात्मक रुपमा लिने विश्वास गरेको श्रममन्त्री गोर्कण विष्टले जानकारी दिएका छन । 

मन्त्री बिष्टले यस्ता शुल्कहरुलाई नेपालको कानुनले पनि विशेष तरिकाले कानुन बमोजिम नै यसलाई खारेज गरिने बताएका छन । उनले एकपक्षीय रुपमा लगाइएका यस्ता सिन्डिकेटले गरिब कामदार मर्कामा परेका बताएका छन ।

दुईदेशका बीचमा भएका कुनै पनि सम्झौतमा यस्ता अतिरिक्त शुल्क उठाउने विषय उल्लेख नभएको बिष्टले बताए । श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कुटनीतिक पहल गर्ने समेत बताएको छ ।

कामदारले १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्ने र भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ अशुल्दै आएको छ ।

पाँच वर्षअघिदेखि मलेसियन सरकार कै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क अशुल्दै आएका छन् । तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको छ ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्